Kath Khabar
सन्दीप लामिछानेको आज पुनरावेदनमा पेसी

 

                 काठमाडौं, पुस १४ । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको आज पुनरावेदनमा पेसी परेको छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो ।

पाटन उच्च अदालतमा हुने पेसीमा आज नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षका वकिलहरुको भनाइ छ । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि उक्त दिनको पेसी स्थगित भएको थियो ।

गत पुष १२ गते बलात्कारको आरोप लगाएर जाहेरी दिने किशोरीको उमेर उनी जन्मेको अस्पतालबाट झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो। अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको वकिलहरुको भनाइ छ।

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update