Kath Khabar
आज केही स्थानमा आंशिक बदली,  सामान्यतया मौसम  सफा रहने

 

                   काठमाडौं, पुस २४। देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानमा दिउँसोसम्म बाक्लो कुहिरो लाग्ने सम्भावना छ ।

राति गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update