Kath Khabar
निर्मला कुर्मी प्रकरण : आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्री लामिछानेको आग्रह

 

              काठमाडौं, पुस २४। बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नुभएको छ।

सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी) ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिनुभयो। उहाँले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहनुभएकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो।

यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update