Kath Khabar
प्रधान सेनापति थापाद्वारा मध्य पश्चिम पृतना हेड क्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण

काठमाडौं, जेठ २२ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार मध्य पश्चिम पृतना हेड क्वार्टर अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गर्नुभएको छ ।

निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी थापाले रुकुम (पश्चिम) मा तैनाथ नरसिंहदल गण, पूर्वी रुकुममा तैनाथ बटुकदल गण र प्युठानमा तैनाथ ईन्द्रध्वज गणको बस्तुस्थिति, बन्दोबस्ती, लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुका साथै सकल दर्जाहरुलाई सम्बोधन समेत गर्नु भएको थियो ।

 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update