पोखरा विमान दुर्घटना
पोखरा विमान दुर्घटना - पहिचान खुलेका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने

पोखरा, माघ २ । आइतबार पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परी निधन भएका मध्ये पहिचान खुलेका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।
पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ ।
रातको समयमा उद्धारमा कठिनाइ भएकोले आइतबार राति स्थगित भएको उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय