Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

 
                                    मोरङ, माघ ५ ।  २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका-७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने ५० वर्षीय खगेन्द्र तामाङ रहेका छन् । 

ती महिलालाई गत पुस ३० गते दिलीपले र माघ १ गते खगेन्द्रले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थाई प्रहरी पोष्ट कानेपोखरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update