Kath khabar
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

 

               बाँके, माघ १६ । बाँकेको कोहलपुर नगरपालिका-१ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।

आगो लगाईदिँदा दुई वर्षीय छोरा प्रिन्सको मृत्यु भएको छ। आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाडमा जलेको छ । घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदैछ ।

आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए । आपसी मनमुटावमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update