वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
काठमाडौं, माघ १७ । वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छिन् ।
इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डेलाई चारजना वृद्धाहरुलाई थप्पड हानेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै उनकै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेकी थिइन् । उनले हिजो भएको सुनुवाई बहसमा आफ्नो गल्ती स्वीकारेसँगै अदालतले उनलाई दोषी करार गरेको छ र प्रहरीले उनलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको छ ।
यद्यपि उनलाई कति सजाय हुन्छ भनेर तोकिसकिएको छैन, यस मुद्धाको अन्तिम सुनुवाई आगामी मार्च १७ मा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९ ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय