नेपाल हस्तकला महासंघबाट राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं, जेठ २३ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरेको छ । विगत लामो समय देखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोभिड-१९ बाट संक्रमित विरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै उक्त कार्यमा सहयोग पुगोस् भन्ने पवित्र उद्देश्यबाट उक्त केन्द्रलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराईएको महासंघले जनाएको छ ।
उल्लेखित सहयोग रासि सो केन्द्रको नाममा ग्लोबल आई. एम. ई. बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको सहयोगले कोभिड-१९ को न्यूनिकरणको निमित्त उक्त केन्द्रले सम्पादन गर्ने कार्यमा थप मद्दत पुग्न जाने बिश्वास महासंघले लिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय