Kath Khabar
यूएईमा एक नेपालीले जिते ८३ करोड रूपैयाँको चिट्ठा


                  काठमाडौं, माघ २१ । कतारमा काम गर्दै आएका एक नेपाली युवाले यूएईमा झण्डै ८३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा नेपालका रञ्जितकुमार पालले २ करोड ३० लाख दिराम अर्थात झण्डै ८२ करोड नेपाली रुपैयाँ जितेका हुन् ।

उनले गएको जनवरी १६ मा चिट्ठा खरिद गरेको चिट्ठा नम्बर २३२९३६ मार्फत् यो रकम जित्न सफल भएका हुन् । विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा उनी कार्यरत छन् ।

‘म अत्यन्तै खुसी भएको छु । मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले बताएका छन् ।

 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update