दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला

तुल्सीपुर, माघ २३ । दाङ तुल्सीपुरस्थित एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले बताएको छ ।
स्थानीयले आइतबार दिउँसो नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । अन्य विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १३:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय