Kath Khabar
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश

 

               दमौली, माघ २३ । उच्च अदालत पोखराले कार्यवाहक पूर्णविक्रम (पल) शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । नवलपुर अदालतले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै शाह हाल तनहुँ कारागारमा छन् ।

उनलाई नवलपुर जिल्ला अदालतले बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शाहलाई दुई वर्ष ६ महिना कैद र १० लाख जरिवानाको सजाय सुनाएको हो ।

उक्त फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई १५ दिनभित्र अदालतमा हाजिर हुन आदेश दिएको शाहका वकिल कमलमोहन वाग्लेले जानकारी दिए ।

अभिनेता शाह तनहुँ अदालतबाट मुद्दामा सफाइ पाए पनि नवलपुर अदालतले जेल चलान गरेको उल्लेख छ । शाहविरुद्ध गत फागुनमा तनहुँ प्रहरीमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update