Kath Khabar
महानगरले भत्कायो मैतीदेवीचोकमा रहेको प्रहरी बिट

 

                 काठमाडौं, माघ २४ । मैतीदेवीचोकमा रहेको प्रहरी बिट काठमाडौँ महानगरपालिकाले डोजर प्रयोग गरी भत्काएको छ ।

मैतीदेवी चोकस्थित सडकमै रहेको उक्त प्रहरी बिट महानगरले हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए । सडक मिचेर बनाइएको संरचना हटाउने अभियानमा उक्त प्रहरी बिट रहेको भवन भत्काएको हो । महानगर प्रहरीले प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरिने जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update