Kath Khabar
हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना



                काठमाडौं, माघ २६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज दिउँसो प्रदेश १, वागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। प्रदेश १, वागमती प्रदेश, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update