Kath Khabar
प्रधान सेनापतिद्वारा सहायक रथी कृष्णदेव भट्टलाई दर्ज्यानी चिन्ह प्रदान


              काठमाडौं, माघ २६ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९ माघ २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी कृष्णदेव भट्टलाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले बिहिबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नती हुनु भएका उपरथी कृष्णदेव भट्ट प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्ति हुनु भएको छ ।

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले सहायक रथी दर्जामा पदोन्नती हुनु भएका १  (एक) जना महा सेनानी र महा सेनानी दर्जामा पदोन्नती हुनु भएका ४ (चार) जना प्रमुख सेनानीहरुलाई पनि पदोन्नती दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update