
काठमाडौं, जेठ २३ । माछापुच्छ्रे बैंकले कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
आज आईतबार बैकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले उक्त स्वास्थ्य सामाग्री कल्याणपुुर नगरपालिकाका कार्यवाहक मेयर रोहिणी कुमारी यादवलाई हस्तान्तरण गर्नुुभएको हो । बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनिकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु जस्तै अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्क, लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत बर्षदेखि महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिम न्यूनिकरण तथा संक्रमितको उपचारमा राहत पुगोस भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा, स्थानिय संघसंस्थाहरलाई विभिन्न समयमा विभिन्न सहयोगहरु गर्दै आएको छ ।