1676280286.jpg)
काठमाडौं, फागुन १ । फागुन महिनाभरि मात्र ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। शनिबारसहित विभिन्न पर्व, दिवस सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएको हो ।
फागुन ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते फागुपूर्णिमा तथा २४ गते नारी दिवसको सार्वजनिक बिदा रहेको छ । आज फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ।
यस्तै फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ । अझ फागुनकै ३ गते लुम्बिनी प्रदेशले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश स्तरीय बिदा दिएमा सार्वजनिक बिदाको संख्या १२ पुग्नेछ । प्रदेश सरकारले पनि आ-आफ्नो प्रदेशको धर्म, संस्कृतिलगायतका अवसरमा वर्षमा अतिरिक्त ६ दिन बिदा दिन पाउँछन् ।
राजपत्रमा प्रकाशित सरकारी बिदाअनुसार यो वर्ष राष्ट्रिय स्तरका १ सय ३६ बिदा परेका छन् । तर प्रदेशहरूले पनि आफू अनुकुलका बिदा दिँदा सार्वजनिक बिदाको संख्या बढ्दै गएको हो ।