Kath Khabar
कलाकार पवन खतिवडा पक्राउ

                

                   काठमाडौं, फागुन ३ । कलाकार पवन खतिवडा पक्राउ परेका छन् । मोरङको बेलबारीस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।

खतिवडाले सोहि क्रममा एक युवालाई कुटपिट गरी टाउको फुटाइदिएको बताइएको छ । कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) टीकाबहादुर कार्कीका अनुसार उनलाई आज नै छाड्ने तयारी गरिएको छ । विभिन्न टेलिसिरियलमा काम गर्दै आएका उनी ‘म्याकुरी’ नामले परिचित छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update