Kath Khabar
सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लगियो

 

             काठमाडौं, फागुन ४ । बुधबार राति एलपीजी ग्यास सिलिण्डर विस्फोट हुँदा घाइते भएका नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लगिएको छ ।

उहाँलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लगिएको हो । भण्डारीसँगै मेडिकल टिमको व्यवस्थापनको लागि नर्भिक अस्पतालबाट ६ जना चिकित्सकीय टोली पनि रहेको छ ।

भण्डारीको श्वास नलीमा जलनले असर सुन्निन सक्ने जोखिम भएको हुँदा श्वास नलीमा पाइप राखी (ईन्टुबेसन गरी) अक्सिजने दिँदै मुम्बई लगिएको हो । धुवाँ श्वासनलीमा गएको तथा फोक्सोमा ग्यास भरिएकोले त्यसको असरका कारण स्वास्थ्य थप जटिल बनेको बताइएको छ ।

बुधबार राति ग्यास सिलिन्डर विष्फोटमा परी गम्भीर घाइते हुनुभएका भण्डारीलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । थप उपचार गर्नुपर्ने भएकाले उहाँलाई मुम्बई लगिएको हो ।

टीम सहित फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
   

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update