Kath Khabar
रहेनन् पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ

 

                     काठमाडौं, फागुन ८ । पूर्वस्वास्थ्यमन्त्री प्रा. डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ। लामो समयदेखि दम र छातीको सङ्क्रमणको उपचार गराइरहनुभएका श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको हो ।

उहाँ मानवअधिकार क्षेत्रका अगुवा हुनुहुन्थ्यो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाउनुभएको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।

६ छोरा र एक छोरी रहेका श्रेष्ठको मङ्गलवार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ  ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update