
काठमाडौं, फागुन ९ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यही प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिए ।
आज प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
अन्य क्षेत्रमा भने बादल लागेपनि वर्षाको सम्भावना छैन । यस्तै आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेकोछ । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
पश्चिमी वायुका कारण यसपालिको हिउँदमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । पानी पार्ने प्रणाली सक्रिय नहुँदा वर्षा नभएको मौसमविद्ले बताउने गरेका छन् ।