डिउटीमा खटिएका प्रहरी जवानले आफैलाई गोली हानी गरे आत्महत्या

दार्चुला, फागुन ११ । कर्णाली प्रदेश प्रहरी गणमा एक प्रहरी जवानले ड्यूटीमै आत्महत्या गरेका छन्। दार्चुलाको अपी नगरपालिका-६ का २६ वर्षीय कबिन्द्र वि.क.ले बिहीबार बिहान करिब ३ बजे आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
उनले आफैले बोकेको एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनी प्रहरी चौकी सुकाटिया कालिकोट दरबन्दी भई कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए।
घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ ११:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय