
काठमाडौं, फागुन १४ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज दिउँसो प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने र प्रदेश १ र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।