
काठमाडौं, फागुन १४ । पत्रकार मनोज हिताङ्गाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बुटवलको मिलनचोकमा गएराति भएको सवारी दुर्घटनामा पत्रकार मनोज हिताङ्गाको मृत्यु भएको हो।
उनी सवार लु ८प ९०६८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको सुपारा ०७-०२-००१ बा १२५६ नम्बरको यात्रुबाहक बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ३७ वर्षीय पत्रकारको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता होमबहादुर थापाले जानकारी दिए ।
हिताङ्गा हाल सरकारी स्वामित्वको नेपाल टेलिभिजनको लुम्बिनी क्षेत्रीय कार्यालयमा संवाददाताका रूपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी हाल बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।