Kath Khabar
काठमाडौंमा यसपालिको पहिलो हिँउदे वर्षा

 

                  काठमाडौं, फागुन १४ । काठमाडौंमा यसपालिको पहिलो हिँउदे वर्षा भएको छ । अहिले कास्कीको पोखरासहित काठमाडौं र देशका केही स्थानमा असिनासहित वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी वायुको प्रभावका कारण आइतबार काठमाडौंको उत्तरपूर्वी क्षेत्रबाट पानी पर्न सुरू भएको हो।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ।

दोलखाको पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ । यो वर्ष कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update