पल शाहले उच्च अदालतबाट पाए सफाइ, भोलि रिहा हुने तयारी

काठमाडौं, फागुन १४ । नाबालिग जबर्जस्ती यौन दुरुपयोगको मुद्दाको आरोपमा थुनामा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
आइतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुगेको भन्दै पललाई सफाइ दिएको हो । साथै उनी भोलि नै रिहा हुने पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिएका छन् ।
तनहुँबाट सफाइ पाए पनि जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बमोजिम पलले जेल जीवन भोगिरहेका थिए । तर आइतवार सुनुवाइ सकिएसँगै उच्च अदालतले पलको मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९ १८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय