विद्यालय जाँदै गरेकी बालिकाको भिरबाट लडेर मृत्यु
गलकोट, फागुन १७ । बागलुङमा विद्यालय जाँदै गरेकी एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ । बरेङ गाउँपालिका-१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको मंगलबार भिरबाट लडेर ज्यान गएको हो ।
मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए । उनी साथिसित घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेकी थिइन् । शव परीक्षणका लागि सदरमुकाम बागलुङ ल्याइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय