Kath Khabar
बैंकको ऋण तिर्न नसकेपछि रामेछापका एक व्यवसायीले गरे आत्महत्या

 

             रामेछाप, फागुन १७ । रामेछापका एक व्यवसायीले बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानीका व्यवसायी दीपक पौडेलले आत्महत्या गरेका हुन् ।

हाल काठमाडौं बस्दै आएका ५० वर्षीय व्यवसायी घरमा कोही पनि नभएको अवस्थामा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।

व्यवसाय सञ्चालनका लागि भन्दै ठूलो रकम ऋण लिएका पौडेलले आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि देहत्याग गरेको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताएका छन् । ‘पौडेलले बिहानै मर्निङ वाकमा जाँदा डोरी किनेको खुल्न आएको छ। आमालाई भाईको घरमा, श्रीमतीलाई जुस किन्न र छोरोलाई कलेज पठाएर उनले आत्महत्या गरेछन्, ’ अध्यक्ष श्रेष्ठले भने ।

पारिवारिक स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update