Kath Khabar
काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 

                 काभ्रेपलाञ्चोक, फागुन २१ । काभ्रे केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको काशीखण्ड आसपास केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका जिल्लामा महसुस गरिएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पराकम्प गइरहेको छ । आज बिहान काभ्रेमा गएको पराकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update