Kath Khabar
अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन अदालतले दियोे आदेश


                  काठमाडौं, फागुन २२ । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा काठमाडौं जिल्ला अदालतले सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ।

न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आइतबार सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । निशाले नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा दायर गरेकी छन् । उनीहरुको २०७४ सालमा विवाह भएको थियो ।

सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानबमोजिम निशाले अंशको मुद्धा हालेको बुझिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update