Kath khabar
लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो नारी दिवस

 

                        काठमाडौं, फागुन २४ । आज ११३औं अन्तराष्ट्रिय नारी दिवस । ८ मार्च अर्थात आजको दिनलाई हरेक वर्ष अन्तराष्ट्रिय नारी दिवसको रुपमा मनाइन्छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा आजको दिन सार्वजनिक बिदा दिइन्छ ।

सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तराष्ट्रिय नारी दिवस मनाउने थालिएको हो । यो दिन नारीको त्याग र समाजप्रतिको बलिदानको लागि महिलाहरूलाई आदर सम्मान गर्ने दिनको रुपमा संसारभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

नेपालमा हेर्ने हो भने महिलाहरूको अवस्था दयनीय  नै रहेको छ । देशको आधाभन्दा बढि संख्यामा रहेका नारीहरू अझै २१औं शताब्दीको वैज्ञानिक युगमा समेत गरिबी, अन्धविश्वास, अशिक्षा र विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने तथा सामाजिक अपहेलना जस्ता व्यवहार सहन नेपाली महिलाहरू बाध्य भएका छन् । प्रायःजसो ग्रामीण मुलुकतिर महिलाहरू अझैपनि मेलापात घाँसदाउरा र भान्सामा नै सीमित छन् । सतीप्रथा जस्तो अमानवीय प्रथाहरू देशबाट उन्मूलन भई विस्तारै महिलाहरूको स्थितिमा सुधार आएको देखिन्छ । हाल छोरीहरू विद्यालय गई  देख्न पाइएको छ । उच्च शिक्षाको लागि देशविदेश पनि जान थालेका छन् ।

आजकल महिला आश्रित नारी नभई सबै काम गर्न सक्षम, स्वतन्त्र र आत्मनिर्भर भई अगाडि बढेका छन् । आजकल नारी विश्व किर्तिमानी कार्यहरुमा सफलताका साथ गर्न सक्छन् । आफ्नो भविष्य आफैले बनाउन सक्ने सक्षम भएका छन् । हाल संसारभर नारीको विकासको लागि धेरै प्रशंसनीय कदमहरू अघि बढेका छन् । चेलिबेटी बेचबिखन, बलात्कार, हत्या र सामाजिक कुरुतीहरुलाई जतिसक्दो चाडो हटाएर महिलाहरूलाई निर्धक्क भएर जीवनयापन गर्न हामी सबैले हातेमालो गर्दै अघि बढ्न जरुरी छ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ समृद्ध समाजको निर्माण हुनसक्छ ।

अन्तराष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैङ्गिक हिंसा विरुद्धको एउटा आवाज हो । महिला हिंसा अन्त्य गरी भयरहित वातावरणमा महिलाले जिवन जिउन सक्ने अवस्थाको सिर्जना गर्नु पनि यस दिवसको मुख्य लक्ष्य हो । त्यसैले यो दिनमा पिछडिएका महिलाहरूलाई शिक्षा, रोजगार उद्धार गरी उनिहरुको जिवन ज्यून सरल र सफल बनाई अन्तराष्ट्रिय नारी दिवस मनाउनुपर्दछ ।


 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update