काठमाडौँबाट उडेको श्रीएयरको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण

काठमाडौं, फागुन २५ । भैरहवा जाँदै गरेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखेपछि सुरक्षित अवतरण गराईएको छ ।
त्रिभुवन विमानस्थलबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको जहाज उडेको केही छिनमै इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गराइको हो । तुरून्तै अवतरण गराइएकोले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेको जनाइएको छ । काठमाडौंबाट भैरहवा लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।
आगलागी पछि त्रिभुवन विमानस्थलमा हाल सुरक्षित अवतरण गरिसकिएको छ। जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल रहेका छन् । विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १०:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय