Kath Khabar
छोरा र पत्नीमाथि हिंसा गरेको आरोप लागेपछि राजेशपायल राईले भने - 'प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु '

 

                काठमाडौं, फागुन २५ । चर्चित गायक राजेशपायल राईले आफ्नो छोरा र पत्नीमाथि हिंसा गरेको भन्ने समाचार बाहिर आएपछि आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् ।

फेसबुकमा आज एक स्टाटस लेख्दै उनले त्यस आरोपबारे प्रमाण ल्याए आफ्नो शीर पाउमा राखिदिने बताएका छन् । राईले आफ्नो छोरामाथि तातोपानी खन्याएको भनेर उनकी पत्नीले फेसबुकमा स्टाटस लेखेकी थिइन् । 'मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको हुँदा आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आश्चर्य मान्नु पर्ने छैन ।' उनले स्टाटसमा भनेका छन् ।

गम्भिर आपती 🤺प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ||

एउटा Status कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Describtion दिन मिल्छ ? मेरो ब्यक्तिगत details छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म challenge दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु 🤟हिजो घटेको घटना रहेछ बच्चालाई hospital लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन 🇳🇵यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । #सायारे

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update