Kath Khabar
काठमाडौंसहित पहाडी र तराईका केही ठाउँमा आज पनि पानी पर्ने

 

                    काठमाडौं, फागुन ३० । काठमाडौंसहित पहाडी र तराईका एक/दुई ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ। हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण आज पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

देशको पहाडी तथा हिमाली भू-भागहरुमाआँशिक देखि सामान्य बदली रही तराई भेगमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update