Kathkhabar
एक वर्ष नपुग्दै टुट्यो नायिका वर्षाको वैवाहिक सम्बन्ध, आशिषले गरे अर्को विवाह

 

                     काठमाडौं, फागुन ३० । नायिका वर्षा सिवाकोटीको वैवाहिक जीवन विवाह भएको एक वर्ष नपुग्दै टुटेको छ । वर्षासँग छुट्टिएलगत्तै आशिषले झापाकी युवती समिक्षा विमलीसँग सोमबार मागी विवाह गरेका छन् ।

वर्षाले गत वैशाख ९ गते अमेरिका बस्दै आएका आशिष गेलालसँग बिहे गरेको खबर इन्स्टाग्राममा तस्विर राख्दै सार्वजनिक गरेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरुले परम्परागत तवरले विवाह गरेका थिए । तर आपसी असमझदारीका कारण उनीहरु १० महिनामै अलग भएका हुन् ।

वर्षाले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको शंका गर्न थालिएको थियो । वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update