Kath khabar
पृथ्वीमा पहिलो विवाह कसले गरे, कसरी बनाइयो विवाहको नियम ?


                      काठमाडौं, चैत १ । हिन्दु समाज अनुसार विवाह एउटा संस्कार हो ।  हिन्दू धर्ममा वैवाहिक सम्बन्धलाई अति पवित्र मानिन्छ। विवाहले दुई अपरिचित व्यक्तिलाई मात्र होइन, तिनीहरूको परिवारलाई पनि एकताबद्ध गर्दछ। विवाह दुई व्यक्ति बीचको सम्बन्ध मात्र होइन दुई परिवारको मिलन हो ।

विवाहको समयमा धेरै प्रकारका रीतिरिवाजहरू अपनाइन्छ। अहिले हाम्रो देशमा पनि बिहेको सिजन चलिरहेको छ । हामी प्रायः हाम्रो घर वरिपरि ब्यान्ड र डीजेको आवाज सुन्छौं । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि विवाहको संस्कार कसले बनायो ? यो प्रथा कहाँबाट सुरु भयो र पृथ्वीमा पहिलो पटक विवाह कसले गर्यो ?

हिन्दू धर्मको पौराणिक कथा अनुसार जब ब्रह्माण्डको सृष्टि भयो, भगवान ब्रह्माले आफ्नो शरीरलाई दुई टुक्रामा विभाजन गर्नुभयो, एउटा टुक्राको नाम 'का' र अर्को टुक्राको नाम 'या' राखियो । यी दुईलाई मिलाएर 'काया' बनाईयो । यहि कायाबाट स्त्री र पुरुष तत्वको जन्म भयो । पुरुष तत्वको नाम 'स्वयम्भू मनु' र नारी तत्वबाट जन्मने पहिलो महिलाको नाम 'शतरूपा' राखियो । हिन्दू धर्ममा मनु र शतरूपालाई पृथ्वीको पहिलो मानव मानिन्छ। पृथ्वीमा पहिलो पटक आमनेसामने हुँदा दुवैलाई ब्रह्माबाट प्राप्त संस्कार र पारिवारिक ज्ञानबाट वैवाहिक जीवनमा प्रवेश गर्ने दिशा प्राप्त भयो । जसले विवाहको नियम बनायो ।

हिन्दू धर्मका केही धार्मिक पुराणहरूमा यो भनिएको छ कि विवाह श्वेत ऋषिद्वारा सुरु भएको थियो । श्वेत ऋषिले नै परम्परा, नियम, मर्यादा, विवाहको महत्व, सिंदूर, मङ्गलसूत्र, सात फेरो लगायत सबै प्रकारका रीतिथिति स्थापना गरेका थिए । श्वेत ऋषिले बनाएको नियममा विवाहपछि पति पत्नीलाई समान दर्जा दिइएको थियो ।

#विवाह

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update