Kath khabar
आयुर्वेदिक मसाजका फाइदाहरु


                     काठमाडौं, चैत २ । शरीरको मसाज वास्तवमा हाम्रो पुरानो वैदिक र आयुर्वेदिक प्रणालीको एक हिस्सा हो । आयुर्वेदमा यसलाई अभ्यंगम भनिन्छ, जसमा शरीरमा तेलले मालिस गरिन्छ ।

मसाजका धरै फाइदाहरु छन् । मसाजले यस बाहेक मानिसको वृद्धिविकासमा पनि धेरै ठुलो सहयोग गर्दछ । यसले हाम्रो शरीरलाई बलियो तन्दुरुस्त र फुर्तिलो बनाउन मद्धत गर्दछ।  यदि तपाइँ तनावको शिकार हुनुहुन्छ भने, नियमित मसाज तपाइँको लागि धेरै लाभदायक छ। केही विशेष मसाजलाई डिप्रेसन जस्ता गम्भीर रोगहरूको उपचारको रूपमा पनि प्रयोग गरिन्छ ।

जब शरीर अधिक लचिलो हुन्छ, मांसपेशिहरुमा कम तनाव हुन्छ । जसले गर्दा मांसपेशीको दुखाईबाट राहत मिल्छ । अन्य उपचार विधि जस्तै मसाज एउटा छुट्टै उपचार विधि हो । मसाज सबै उमेरका मानिसहरुलाई आवश्यकता पर्दछ । प्रायजसो हाम्रो समाजमा बच्चालाई दैनिक मालिस गरिन्छ तर मसाज थेरापी बच्चालाई मात्र नभई जुनसुकै उमेरका समुहलाई पनि आवश्यकता पर्दछ। मसाजले शरिरका मांशपेशीलाई बलियो पार्दछ। कुनै पनि रोग सुरु हुनु अगाडि नै त्यसको रोकथाम गर्दछ।

आयुर्वेदिक मसाजका फाइदाहरु धेरै छन् । समयमा मसाज गर्नाले मानसिक तनाब, अनिन्द्र, डिप्रेशन, र चिन्ता लगायतका समस्याहरुबाट छुटकारा मिल्छ । मसाज हरेक दिन चाहिने उपचार विधि होइन । यो हप्ताको एक दिन गर्दा नि शरीरमा फुर्तिलो र थकान मुक्त राख्न सहयोग गर्दछ। ढाडदुख्ने, घुडा दुख्ने, मोटोपन, टाउको दुख्ने लगायत हातखुट्टा झमझमाउने, नसा च्यापिएको जस्ता रोगहरु मसाज थेरापीद्वारा गरिन्छ ।

यसले पाचन शक्ति बढ्ने, छाला सम्बन्धि रोग नलाग्ने मांशपेशीको पिडा कम गर्ने, तनावमुक्त, प्यारालाइसिस र हृदयघातको कम जोखिम गराउँछ। संचारमा सहजकता,शारीरिक थकानबाट  छुटकारा गराउछ । यस्ता धेरै रोगहरुलाई मसाज र मसाज थेरापीबाट धेरै रोकथाम भएको पाईएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update