Kath khabar
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)



                 काठमाडौं, चैत ३ । आउँदो वर्ष २०८० सालको सार्वजनिक बिदा राजपत्रमा प्रकाशित भएको छ । राजपत्रमा सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ने भएका छन् । सरकारले २०८० सालमा देशभर लागू हुने गरी ३५ दिन सार्वजनिक बिदा दिएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा पनि दिएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ ।

देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको सरकारले २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update