वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

काठमाडौं, चैत १० । वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको गएराति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ । रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवम् समाचार वाचिका, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको हो ।
विसं २०१८ सालदेखि रेडियो नेपालमा काम गर्नु भएकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवन लगायत कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँको रेडियो पत्रकारितामा अतुलनीय योगदान छ । काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने 'कोरोना क्याप्सुल' को प्रस्तोता समेत हुनुहुन्थ्यो ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९ १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय