Kath Khabar
सन्दीप लामिछानेविरुद्धको फैसलाको पेशी न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा

 

                 काठमाडौं, चैत १३ । क्रिकेटर सन्दिप लामिछाने विरुद्ध परेको जर्बजस्ती करणी मुद्दा फैसलाको लागि न्यायाधीश माधवप्रसाद घिमिरेको इजालसमा पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको एकल इजलासको चौथो नम्बरमा उक्त मुद्दाको पेसी तोकिएको हो। सन्दीपको पेशी यसअघि पनि घिमिरेकै इजलासमा परेको थियो । गत कात्तिक १९ गते घिमिरेको एकल इजलासले नै सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

पछि जिल्ला अदालतको आदेश उच्च अदालत पाटन र सर्वोच्च अदालतले बदर गरेको थियो । उच्च अदालतले सर्तसहित धरौटिमा रिहाई गरेकोमा सर्वोच्च अदालतले उनलाई लागेको विदेश प्रतिवन्ध पनि हटाउन आदेश दिएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update