Kath Khabar
एसईई परीक्षा - परीक्षा सुरु भएको १५ मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा

 

                      बारा, चैत १७ ।  बारामा एसईई परीक्षा सुरू भएको १५ मिनेटमै प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो । फेसबुकबाट आउट भएको उक्त प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुलिसकेको छैन ।

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने बताईएको छ । यस सम्बन्धी अनुसन्धानमा लागेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update