Kath Khabar
सरकार र मिटरब्याज पीडित टोलीबीच दोस्रो चरणको वार्ता सुरु

 

                     काठमाडौं, चैत १७ । मिटरब्याज पीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ । बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो । वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका छन् ।

बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो । आज त्यसमा छलफल गरी निचोड निकाल्ने बताइएको छ । महोत्तरीबाट पैदल हिँड्दै काठमाडौँ आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो ।

मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरूको पक्षमा कानुन निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पतिको स्रोत खोजी गरी कानुन निर्माण गर्न, साहुकारहरूको अवैध ठहरिएको सम्पति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पति ठगी गरेको दाबी गर्छ‚ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update