यस विषयमा जिल्लाका जिम्मेवारी पदाधिकारी कसैले प्रष्टसँग प्रतिक्रिया दिन नमानेको बताइएको छ ।
रौतहट, चैत १९ । मेयरको सट्टा विद्यालय शिक्षा परीक्षा (एसईई) दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
रौतहटको मौलापुर नगरपालिकास्थित लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई जिल्ला प्रशासन कार्यालयको परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर साह मेयरका ज्वाइ पर्ने बताइएको छ ।
यस विषयमा जिल्लाका जिम्मेवारी पदाधिकारी कसैले प्रष्टसँग प्रतिक्रिया दिन नमानेको बताइएको छ ।