Kath Khabar
इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै

 

                    काठमाडौं, चैत २२ ।  इम्बोस्ड नम्बर प्लेट अब नेपाली भाषामै लेख्न मिल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो । अंग्रेजीमा बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।

अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गर्नुभयो ।

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update