Kath Khabar
घट्यो आन्तरिक हवाई भाडा, यस्तो छ नयाँ भाडादर

 

                         काठमाडौं, चैत २२ ।  नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा पनि घटेको छ ।

घटेको आन्तरिक हवाई भाडा आज बुधवारदेखि लागू भएको छ । वायु सेवा सञ्चालक सङ्घले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो ।

प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ ।

काठमाडौँबाट भद्रपुरका लागि ३०० रुपैयाँ, पोखराका लागि १५५ रुपैयाँ, विराटनगरका लागि २४०, भरतपुरका लागि १०५ रुपैयाँ हवाई भाडा घटेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update