Kath Khabar
पहाडी भू-भागमा आंशिक बदली


                   काठमाडौं, चैत २४ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू -भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको  पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी राति कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शनिबार भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update