Kath Khabar
सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज, न्यायाधीश शंकरराज बरालको इजलासमा

 

                     काठमाडौं, चैत २६ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शंकरराज बरालको इजलासमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको छ ।

गत बुधबार सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा तोकिएको थियो । तर समय अभावले सुनुवाइ स्थगित गरिएको थियो । यसअघि सबै प्रक्रिया पूरा भइसकेको र सर्वोच्च अदालतले फास्ट ट्रयाकमा सुनुवाइ गर्न भनेकाले आजै सुनुवाइ हुन सक्ने सम्भावना छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update