
काठमाडौं, जेठ २८ विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ’सेल्फी विथ डटर’ अभियान बुधबार एक बिशेष भर्चुअल कार्यक्रम आयोजना गर्दे सम्पन्न भएको छ । ’सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
।विगत केहि वर्षदेखि नेपालको सामाजिक, प्राविधिक र अनुसन्धानको क्षेत्रमा काम गर्दे आइरहेको संस्था नेपाल इन्टरनेट फाउण्डेशनले भारतिय अभियन्ता सुनिल जागलनसँगको सहकार्यमा महिला सशक्तिकरण तथा लैङ्गिक समानताको मूल मर्म सहित ’सेल्फी विथ डटर’ को कार्यक्रम नेपालमा पनि सञ्चालन गरियो ।
नेपालमा संचालित एक महिनाको अभियानमा हजारौं संख्यामा छोरीसँग सेल्फी पठाएका थिए । यस अभियानमा प्रतिभा घिसिंग र उनकी छोरी प्रतिष्ठा लामाको सेल्फीले प्रथम पुरस्कार प्राप्त गरेको छ । यसैगरी दक्ष्य बहादुर राइ र मोति सारासँग नातिनी निशुदिका राईको सेल्फीले दोस्रो स्थान प्राप्त गरेको छ भने यमुना प्रसाई र श्रेया पौडेलको सेल्फीले तेस्रो स्थान प्राप्त गरेको छ । विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिएको छ ।
बुधवार आयोजित कार्यक्रममा भारतका युनियन मिनिस्टर अफ स्टेट रावो इन्द्रजित सिंह मुख्य अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दे सिंहले भारतमा सामाजिक चेतना बढाउँन ’सेल्फी विथ डटर’ अभियानले सकारात्मक प्रभाब पारेको बताउनुभयो । उहाँले नेपाल र भारत देशमा अझै पनि छोरीलाइ हेला गर्ने र छोराभन्दा फरक व्यवहार गर्ने गरेको हुदा यसलाई निर्मुल गर्न प्रविधिमार्फत सामाजिक चेतना विकास गर्न यस्ता अभियानहरु चलाउनुपर्ने बताउनुभयो । सेल्फी विद डटर अभियानले छोरी र महिलालाई मात्र सामाजिक रुपले मजबुत बनाएको छैन की छोरीहरूको समाजमा सम्मान दिने अभियानले जनआन्दोलनको रूप लिएको छ ।
यसैगरी कार्यक्रममा नेपाल सरकारका पुर्व महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि जुली कुमारी महतोले बिशेष सम्बोधन गर्नुभएको थियो । कार्यक्रममै सम्बोधन गर्दे महतोले 'नेपाल जस्तो कम विकसित मुलुकमा अझैपनि छोराछोरीमा भेदभाब रहेको, दाइजो लगायतका सामाजिक कुरीतिले समस्या ल्याएको र सेल्फी विथ डटर अभियान नेपालमा यत्तिको प्रचलित र यत्ति चाडै वायरल भएको कुनै पनि अभियान छैन । छिमेकी देश भारतबाट शुरु भएको छोरीहरुप्रति सम्मानको सामाजिक क्रान्ति नेपालमा पनि द्रुत गतिमा अघि बढिरहेको छ, भन्दै ’सेल्फी विथ डटर’ जस्तो अभियानले सामाजिक चेतना विकास गर्न सघाउ पुर्याउने बताउनुभयो ।'
कार्यक्रममा भारत सरकार इलेक्ट्रोनिक्स तथा आइटी मन्त्रालय अन्तर्गत राष्ट्रिय इ-गभर्नेन्स महाशाखा प्रमुख अभिशेख सिंहको समेत उपस्थिति रहेको थियो । उहाँले सम्बोधन गर्दे भारतमा प्रविधि र प्रविधि सम्वन्धि यस्ता अभियानले सामाजिक जीवनशैली सुधार्न र भेदभाब हटाउन सहयोग गरेको बताउनुभयो । सिंहले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचारित सेल्फी विथ डटर अभियान आज एक विश्वव्यापी आन्दोलनको रूप लिदैछन्। यो सम्पूर्ण भारत र नेपालका लागि गौरवको कुरा हो ।,
यसैगरी दुरदर्शन भारतका सिनियर कन्सल्टिंग सम्पादक अशोक श्रीवास्तबले भारतिय मिडियाहरुले ‘सेल्फी विथ डटर’ कार्यक्रमलाइ दिएको प्राथमिकता र प्रधानमन्त्री नरेन्द्र मोदीले सेल्फी विथ डटर जस्ता अभियानमा आफूलाई संलग्न गराएर प्रधानमन्त्रीको काम सरकार चलाउने मात्र नभई समाजमा व्याप्त खराबी विरुद्ध लड्नको लागी सामाजिक क्रान्ति शुरू गर्नु पनि हो ।
भारतका सुनिल जागलनको नेतृत्वमा सुरु भएको यो अभियान भारत र नेपालमा लोकप्रिय भएको छ । नेपालमा पनि यस किसिमको आभियानले छोरीलाई लैङ्गिक समानताको हिसावले हेर्न र सोहि किसिमले व्यवहार गर्न प्रोत्साहित गरेको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो ।
१ महिना अघि मे ९ तारिखदेखि नेपालमा सुरु भएको ‘सेल्फी विथ डटर’ अभियान एक महिनाभित्रै एकदमै लोकप्रिय हुनुका साथै लाखौं मानिसहरु यस अभियानमा सामेल हुनुभएको छ । जसले समाजमा सकारात्मक प्रभाव छोडिरेहको श्रेष्ठले बताउनुभयो । नेपालको कार्यक्रम संयोजक कल्पना श्रेष्ठले “यो कार्यक्रमका सहभागीले बनाएका सामाजिक भिडियो संदेशले छोरीलाइ हेला गर्ने समाजमा केहि हदसम्म रुपान्तरण गरिरहेको पाएका छौ । सेल्फी विथ डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा स्थाइ मुस्कान ल्याउने काम गरिरहेको छ र यस कार्यक्रममा उपस्थित सबै पाहुनाहरूलाई सेल्फी विथ डटर टीमका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान हरियाणाबाट शुरु गरिएको हो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको ’मन की बात’ कार्यक्रम लगायत धेरै कार्यक्रममा प्रशंसा गर्नुभएको छ। यस अभियानलाई नेपालका जनताले धेरै मनपराउनुभएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने विश्वास रहेको ‘सेल्फी विथ डटरका संस्थापक जगलानले बताउनुभयो ।