
काठमाडौं, जेठ २८ । चलचित्र “चुरीफुरी“ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धारामा रहेका केही पिडितहरुलाई खाद्यान्न तथा मास्क प्रदान गरेको छ ।
गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्याला मजदुरहरुलाई चामल, तेल, नुन, बिस्कुट मास्क जस्ता सामाग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामाग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषिराज आचार्यले बताउनुभयो ।
चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत बितरण चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह-निर्माता बिमला भुसालले गर्नुुभएको हो । महामारीमा थोरै भएपनि राहत होस भनेर केही पीडितहरुलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउनुहन्छ ।
चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा रबिन्द्र झा, अभिषेक श्रेष्ठ, राजिब जङ्ग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी ), सुरबिर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल (जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगर, तुलसी प्रशाद श्रेष्ठ रश्मी आचार्य, लक्ष्मण अधिकारी, दिल गोदार, जि.पि.पाठक, मनिल तामाङ आदि कलाकार रहनुभएको छ । यो फिल्मको सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं हुुनुहुन्छ ।