खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा तीन जना आरोहीको मृत्यु

काठमाडौं, चैत २९ । सगरमाथा आरोहणका क्रममा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ ।
बुधबार खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ मुनि हिउँमा पुरिएर खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन शेर्पा आरोहीको मृत्यु भएको हो ।
हिमपहिरोमा परि ज्यान गुमाउनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा गएका थिए । शव खोँचमा परेका कारण शव निकाल्न अप्ठ्यारो भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २९, २०७९ १६:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय